logo
२०८१ बैशाख ७ शुक्रवार

साइपाल हिमाल छर्लङ्गै हेर्न जाउँ गोलेदेउला

फोटो फिचर |
पर्यटन |


2020-11-04-25956


डिलबहादुर सिंह, डोटी
कात्तिक १९ गते । गोेलेदेउला क्षेत्र डोटी जिल्लाको सायल गाउँपालिका ४,५ र दिपायल सिलगढी नगरपालिका ९ को संगमस्थलको रुपमा लिने गरिन्छ ।
गोलेश्वरीमा मालिकाको रुपमा यस क्षेत्रमा दशैंको अवसरमा नवमी र अष्टमीको दिनमा पूजाआजा गरिन्छ । अग्ला डाँडा माथि घना जँगल र फराकिला फाँटले यस क्षेत्रको प्राकृतिक दृश्यलाइ थप सौन्दर्य पूर्ण बनाएको छ । याे क्षेत्रबाट अछाम, बझाड्ढ,बाजुरा, डडेल्धुरा, बैतडीका बिभिन्न क्षेत्रका साथै साइपाल लगायत हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रमा डोटी जिल्ला सदरमुकाम सिलगढीबाट चार घण्टाको पैदल दूरीमा पुग्न सकिन्छ ।