फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार
रासस
आश्विन ३, २०७६ शुक्रबार
धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आउनुभएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिनुभयो ।