देश जोगाउने किल्ला जोगाउन कठिन
गोरखापत्र अनलाइन ,
भाद्र ३०, २०७६ सोमबार
नेपाल एकीकरण र अंग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न निर्माण भएको ऐतिहासिक शर्मालीगढी जोगाउन नसक्दा त्यहाँ रहेका महत्वपूर्ण ढाल–तरवार र पुराना तोप हराएका छन् ।
बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर २, शर्मालीगढीमा रहेको किल्लाभित्रको हतियार राख्ने ठाउँ जिर्ण बनेर भत्केपछि किल्ला समेत हराउने अवस्थामा पुगेको छ ।