logo
२०८१ बैशाख २१ शुक्रवार

  दृश्य समाचार  



क्षयरोगको जोखिममा बालबालिका

भिडियो |
स्वास्थ्य |
खुला |


क्षयरोगको जोखिममा बालबालिका


 महिमा देवकाेटा, दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ्ग

काठमाडौं, चैत १६ गते । क्षयरोग सरुवा रोग हो । धेरै मानिसमा लक्षण देखिएको अन्तिम अवस्थामा मात्रै उपचार गर्न आउने कारणले संसारमा धेरैको क्षयरोगकै कारण मृत्यु हुने गरेको कान्ति बाल अस्पतालका बाल तथा छाति रोग विशेषज्ञ डा. जगत जीवन घिमिरे बताउनुहुन्छ । डाक्टर घिमिरेका अनुसार कोरोनाको समयमा पनि क्षयरोगका कारण धेरै मानिसको मृत्यु भएको थियो । उपचार निःशुल्क भए पनि यो ठूलो स्वास्थ्य समस्या बनेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नयाँ तथ्यांकअनुसार संसारभर १.१ मिलियन बच्चामा क्षयरोग लागेको देखिन्छ। क्षयरोग लागेका बच्चालाई ठूलो मानिसको जस्तो लक्षण भने देखिँदैन । बच्चामा देखिएको क्षयरोग जटिल र उच्च जोखिमको हुन्छ । यसको समयमै उपचार नभएमा मृत्युसमेत हुनसक्छ । साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ । यसले शरीरका अन्य भागमा पनि असर पुर्याउछ । क्षयरोग सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा हावाको माध्यमबाट सर्नेगर्छ । क्षयरोग सर्ने प्रमुख माध्यम थुकको छिटा हो ।

क्षय रोगका कारण कुपोषणमा परेका बच्चा, बूढापाका उच्च जोखिममा हुन्छन् । लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखापर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु क्षयरोगका लक्षण हुन् । क्षयरोगबाट बच्न छिटो पहिचान गरेर उपचार गनुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकको सल्लाह बमोजिम औषधि खानुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?