गर्मीमा 'लू'बाट कसरी बच्ने ?
सिर्जना खत्री
चैत्र २७, २०७८ आइतवार
पछिल्ला दिन गर्मी बढ्दै गएको छ। तापक्रम एक्कासी बढेपछि तराईका केही क्षेत्रमा तातो हावा (लु) चल्नेगर्छ। चिकित्सकका अनुसार गर्मी बढी हुने स्थानमा लु लाग्ने सम्भावना हुन्छ। नेपालमा तराईका जिल्लामा लुका कारण मृत्युसमेत हुनेगरेको छ। गर्मीको समयमा तराईमा हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस् हुनेहुन्छ। शरीरको तापक्रम बढ्दै जाने र बेहोस हुने अवस्थालाई लु लाग्ने भनिन्छ। गर्मीका कारण लगातार शरीरबाट...