logo
२०८१ बैशाख ७ शुक्रवार



गर्मीमा 'लू'बाट कसरी बच्‍ने ?

भिडियो |


गर्मीमा 'लू'बाट कसरी बच्‍ने ?


भिडियोः मनोजरत्न शाही र केशब गुरुङ

काठमाडौं, चैत २७ गते। पछिल्ला दिन गर्मी बढ्दै गएको छ। तापक्रम एक्कासी बढेपछि तराईका केही क्षेत्रमा तातो हावा (लू) चल्नेगर्छ। चिकित्सकका अनुसार गर्मी बढी हुने स्थानमा लु लाग्ने सम्भावना हुन्छ। नेपालमा तराईका जिल्लामा लुका कारण मृत्युसमेत हुनेगरेको छ। गर्मीको समयमा तराईमा हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस् हुनेहुन्छ। शरीरको तापक्रम बढ्दै जाने र बेहोस हुने अवस्थालाई लु लाग्ने भनिन्छ। गर्मीका कारण लगातार शरीरबाट पसिना आउँछ। शरीरमा पानी, ग्लुकोज र नुनको कमी हुन्छ। जसका कारण मानिसलाई डिहाइडेसन पनि हुनसक्ने चिकित्सकको भनाइ छ।

लू सबै उमेर समूहका मानिसलाई लागे पनि सानो उमेरको बच्चा, गर्भवती, वृद्धवृद्धालाई बढी जोखिममा हुने चिकित्सकको भनाइ छ। यस्ता व्यक्तिमा शरीरको तापक्रम घटाउने मेकानिजम कमजोर हुने हुँदा बढी जोखिममा हुने वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. धुव्र गैरे बताउनुहुन्छ।

डा. गैरेका अनुसार खुला ठाउँ खेतवारीमा काम गर्ने प्रहरी, किसान, शारीरीक कसरत गर्न, खेलाडीलाई बढी लु लाग्ने डा. गैरे बताउनुहुन्छ। लू भनेको के हो ? लू कसरी लाग्छ ? लू लागेपछि देखिने स्वास्थ्य समस्या के के हुन् ? लू लाग्न नदिन के गर्ने भन्ने विषयमा डा. धुव्र गैरेसँग गरिएकाे भिडियो कुराकानीः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?