महामारीकोे पीडा : केही यातायात व्यवसायी पलायन, केही ऋणमा डुब्दै
रासस
कार्तिक ७, २०७८ आईतवार
आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आउनुभएका उहाँलाई महामारीले निकै पिरल्यो । एक यात्रुवाहक बस र माइक्रोबस सञ्चालन गर्दै आउनुभएका उहाँले कोरोनाको दोस्रो लहरसम्म किस्ता तिर्नै नसक्ने अवस्था आएपछि यातायात क्षेत्रबाटै पलायन हुनुभयो । उहाँले निकै घाटामा आफ्ना सवारीसाधन बिक्री गरेर ऋण घटाउनुभएको...