जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर योजना बनाउनुपर्छः श्रममन्त्री श्रेष्ठ
रासस
कार्तिक १५, २०७८ सोमबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर स्थानीय तहले योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँ जिल्ला समन्वय समितिले आज बन्दिपुर गाउँपालिका– ५ याम्पामा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उहाँले स्थानीय तहको योजना जनताको आवश्यकतामा केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।