तनहुँका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नयाँ नेतृत्व
गोरखापत्र अनलाइन
कार्तिक १२, २०७८ शुक्रबार
नेकपा (एमाले) ले तनहुँमा सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पालिका अधिवेशनमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका आँबुखैरेनी गाउँपालिका, बन्दीपुर र ऋषिङ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।