बजारमा किनमेल गर्नेको चहलपहल बढ्यो
गोरखापत्र अनलाइन
आश्विन २२, २०७८ शुक्रबार
दशैँ सुरु भएसँगै लमजुङका शहरबजारमा चहलपहल बढेको छ । दशैँका लागि सरसामान किनमेल गर्नेको भीड बढेको छ । दशैँ नजिकिँदै गर्दा प्रमुख व्यापारिक केन्द्रहरु बेँसीसहर, भोटेओडार, सुन्दरबजार, भोर्लेटारलगायतको क्षेत्रमा किनमेल गर्नेको चहलपहल बढेको हो । गाउँगाउँबाट सहरबजारमा सामग्री खरिदका लागि नागरिक झरेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताउनुभयो ।