राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनको उम्मेदवारी दर्ता
गोरखापत्र अनलाइन
पुष २०, २०७८ मंगलवार
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेपाली काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।