नौवर्षपछि बल्ल कर्णाली करिडोरका खुलालुमा पक्की पुल
रासस
कार्तिक २५, २०७८ बिहीबार
कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो । सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ । एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले...