अख्तियारमा उजुरी पर्नेमा कर्णालीमा सुर्खेत पहिलो, दैलेख दोस्रो
गोरखापत्र अनलाइन
कार्तिक ३०, २०७८ मंगलवार
कर्णाली प्रदेशका १० जिल्ला मध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नेमा दैलेख दोस्रो स्थानमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष पेश गरेको आयोगको वार्षिक प्रतिवेदनमा कर्णालीका १० जिल्ला मध्ये सुर्खेत पहिलो र दैलेख दोस्रो स्थानमा परेको हो ।