कर्णालीको बाढीले जितेको फेरी बगायो, बजार बगाउने खतरा
गोरखापत्र अनलाइन
कार्तिक २, २०७८ मंगलवार
शनिवार रातीबाट लगातार परेको पानीका कारणले कर्णाली नदीको फेरी बगाएको छ । करिडोर निर्माणका लागि सामान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तहसँगै बाजुरा, हुम्ला र मुगुका नागरिकलाई दैनिक उपभोग्य समानका साथै यातायातका साधन तार्नका लागि जिते वजारमा जडान गरिएको फेरी कर्णाली नदीले बगाएको हो ।