कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता
रासस
आश्विन ११, २०७८ सोमबार
कर्णाली प्रदेशसभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता भएको छ ।
प्रदेशसभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयकका रुपमा सो विधेयकलाई सचिवालयमा दर्ता गराउनुभएको हो । पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहनुभएका उहाँले सिंजा सभ्यताको संरक्षण गरी त्यहाँको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं भाषिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विधेयक दर्ता गरेको बताउनुभयो...