गुर्जो अभियान : ‘स्याबासी’ले अझै उत्साही युवा
रासस
भाद्र १७, २०७७ बुधबार
बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादेले कार्यालयमा आई निःशुल्क ४० गुर्जो (चिनी लहरो) प्रदान गर्ने स्थानीय युवालाई ‘स्याबासी’ र बधाई दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर अरुको स्वास्थ्यप्रति चासो दिएकोमा वादेले स्याबासीसँगै बधाई र धन्यवाद दिनुभएको हो ।
“उहाँहरुको अभियानलाई स्याबासी, धन्यवाद र बधाई दिनैपर्छ, अहिलेको अवस्थामा उहाँहरुको योगदान अमूल्य छ”, वादेले भन्नुभयो । धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले...