वीरगञ्जमा उपचार गराइरहेका थप तीन सङ्क्रमितको मृत्यु
गोरखापत्र अनलाइन ,
भाद्र १६, २०७७ मंगलवार
पर्सामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना , गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना र नारयणी अस्पतालमा उपचारत एक जना गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।