गण्डकीमा १४ दिनको शिशुसहित ३९ जना सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन ,
भाद्र १६, २०७७ मंगलवार
ण्डकीमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो पटक कोरोना पुष्टि हुनेमा लमजुङको वेशीशहरमा मात्रै २६ जना छन् ।
लमजुङका १४ दिनका नाबालक समेत छन् । यस्तै बैंकका कर्मचारी, नेपाल प्रहरी र पत्रकार समेत रहेका छन् । बाग्लुङमा एक जना, नवलपरासी पूर्वमा १० जना संक्रमित भेटिएका छन् । योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ सय पाँच जना पुगेका छन् ।