बाढीले तटीय बस्ती बगायो, १९ जना बेपत्ता
गोरखापत्र अनलाइन ,
भाद्र १८, २०७७ बिहीबार
बागलुङको ढोरपाटन नगरपालिका–९, बोवाङ्गको भुजीखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै बुधबार राति खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशङ्का गरिएको छ । प्रहरी घटनास्थल पुग्न कठिन हुँदा मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।