बसन्त पराजुली
भरतपुर, भदौ १२ गते । कोभिड-१९ बाट चितवनमा थप एकको मृत्यु भएको छ । चितवन भरतपुर महानगरपालिका वडा नं. २ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड-१९बाट सङ्क्रमित ती पुरुषको पुष्पान्जली अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको भरतपुर महानगरपालिका वडा नं. दुईका वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठले बताउनुभयो ।
उहाँ एक जनप्रतिनिधिका श्रीमान् हुनुहुन्छ । यसअघि मकवानपुर हेटौँडाकी ७१ वर्षीया महिलाको कोभिड-१९ बाटै चितवन मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको थियो ।
यसअघि चितवनका अस्पतालहरूमा कोभिड-१९ कै कारण मृत्यु भएका सातमध्ये तीन जना चितवनका थिए ।