logo
२०८१ चैत्र ३ सोमवार



प्रदेश ५ः जोखिमका क्षेत्र सिल, बन्दाबन्दीमा कडाई

प्रदेश |


प्रदेश ५ः जोखिमका क्षेत्र सिल, बन्दाबन्दीमा कडाई


दीपक ज्ञवाली

बुटवल,भदौ ८ गते । कोरोना संक्रमणको जोखिम बढिरहँदा प्रदेश ५ का त्यस्ता जोखिमका केही क्षेत्रहरु सिल गरिएकाछन् । पछिल्लो पटक संक्रमित थपिएपछि रुपन्देहीका कञ्चन,गैडहवा लगायतका गाउँपालिकाका केही गाउँहरु सिल गरिएकाछन् । त्यस्तै जनप्रतिनिधि नै संक्रमित भएपछि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कार्यलय सिल गरिएको छ ।
यसैविच समुदायस्तरमा कोरोना संक्रमणको जोखिम जारी रहेपछि प्रदेश ५ का बिभिन्न जिल्ला र पालिकाहरुमा बन्दाबन्दीलाई कडा पारिएको छ । जिल्ला प्रशासन र स्थानीय सरकारहरुले जोखिम न्यूनिकरणका लागि बन्दाबन्दीलाई अझ ब्यवस्थित र कडा पारिएको जनाएकाछन् ।
यसअघि नै बन्दाबन्दी लागू गरेका रुपन्देही लगायतका जिल्लाहरुले यसलाई एक साता बढाएकाछन् । पाल्पा,गुल्मी,अर्घाखांची,पश्चिम नवलपरासी लगायत रुपन्देही वरपरका जिल्लाहरुमा पनि बन्दाबन्दी जारी छ ।
प्रदेश प्रहरी कार्यलय दाङका प्रबक्ता राजकुमार बैधवारले जोखिमबारे सर्वसाधारणलाई थप सचेत पार्दै बिभिन्न जिल्ला र पालिकाहरुमा बन्दाबन्दीलाई कडाईका साथ लागू गराउन लागिपरेको बताउनुभयो ।
बन्दाबन्दीसंगै ठाउँठाउँमा मास्क अभियान,सचेतना कार्यक्रम,समुदायस्तरमा परिक्षण र नियम उल्लंघन गर्नेहरुमाथि निगरानी तथा कार्वाही जस्ता कृयाकलापहरु जारी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?