पर्सामा थप ५४ जनामा सङ्क्रमण, चार दिनमा ३१६ नयाँ थपिए
गोरखापत्र अनलाइन ,
भाद्र ६, २०७७ शनिबार
र्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्र्साका थप ५४ जनामा संक्रमण पुष्टि जिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत विनय श्रीवास्तवले पुष्टि गर्नुभयो । अधिकृत श्रीवास्तवका अनुसार शुक्रबार राति गरिएका ४५० वटा स्वाबको नमुना परीक्षणमा पर्साका ५४ जनामा संक्रमण पुष्टि भएको हो ।