निषेधाज्ञा कडाइ गर्न प्रजिअको गस्ती: बागलुङ नगरपालिकामा निषेधाज्ञा, जिल्ला नै सुनसान
गोरखापत्र अनलाइन
भाद्र ५, २०७७ शुक्रबार
बागलुङ जिल्लाको प्रवेशद्वार तथा जिल्ला सदरमुकाम बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी भए पछि बागलुङ जिल्ला नै सुनसान भएको छ ।
दश वटा स्थानीय तह रहेको बागलुङमा एउटा मात्रै नगरपालिकामा निषेधाज्ञा जारी हुँदा सबै स्थानीय तह सुनसान भएका हुन । मध्ये पहाडी लोकमार्गको मुख्य प्रवेश नाका बन्द भए पछि अन्य स्थानीय तहमा सवारी आवागमन बन्द भएको छ ।
बागलुङ बजारमा सवारी प्रवेश निषेध भए पछि सदरमुकाममा खाद्यन्न, दुध, एम्वुलेन्स र सरकारी...