रङ्गेलीमा क्याम्पस बन्यो एक सय शैयाकाे आइसोलेसन अस्पताल
गोरखापत्र अनलाइन
श्रावण २५, २०७७ आईतवार
मोरङको रंगेली नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) संक्रमितलाई आईसोलेशन गर्न क्याम्पसलाई नै अस्पतालमा परिणत गरेको छ । प्रदेश १ मा संक्रमितहरुको उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्दै आएका तोकिएका अस्पतालहरु भरिदैं गएपछि रंगेली नगरपालिकाले क्याम्पसलाई नै एक सय शैयाको आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको हो ।
मुख्य बजार क्षेत्र समेटिएको रंगेली–७ का मात्रै ३८ संक्रमित पुगेका छन्, नगरपालिकाका प्रमुख दिलिप बगडीयाले...