पोखरामा तीनसहित गण्डकीमा २४ जनामा कोरोना
गोरखापत्र अनलाइन ,
श्रावण २४, २०७७ शनिबार
पोखराका तीन जना सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा कास्कीमा तीन जना स्याङ्जाका सात ा, म्याग्दीका एक, र बाग्लुङका १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्तमितको संख्या एक हजार ६११ पुगेको छ ।