सोलु खोलामा पानीको सतह बढ्याे, सेतो पोखरी फुटेको आशङ्का
गोरखापत्र अनलाइन ,
श्रावण २४, २०७७ शनिबार
सोलुदूधकुण्ड नगरपालिका–१ र २ को सिमानामा रहेको शेर्पा भाषामा चोकर्म भनिने सेतो पोखरी फुटेपछि खोला किनारमा बस्ने स्थानीय त्रसित बनेका छन् । शुक्रबार बिहानैदेखि अचानक सोलु खोलामा पानीको सतह बढेपछि नुम्बुर हिमालको काखमा रहेको दूधकुण्ड पोखरी फुटेको अनुमान गर्दै खोला किनारमा रहेका वस्तीमा सावधानी अपनाउन अपिल गरिएको थियो ।
खोलामा पानीको सतह बढेपछि अवस्था पहिचानका लागि दावा शेर्पा सहितको एक टोली दूधकुण्ड क्षेत्रमा...