प्रदेश सरकारका उच्च तहका कर्मचारीसहित विराटनगरमा १८ जनामा सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन ,
श्रावण १९, २०७७ सोमबार
विराटनगरमा सोमबार १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारका उच्च ओहोदाका एकजना व्यक्तिसहित तीनजनाको परिवारलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको हो । विराटनगर वडा नं. ५ का तीन जना, प्रदेश प्रहरी कार्यालय, विराटनगरका सात जना, विराटनगर–७ का चार जना र विराटनगर–६ का एक जना रहेका छन् ।
यसैगरी, विराटनगर-७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष रहेका छन् भने ६ का २४ वर्षीय पुरुषमा समेत सङ्क्रमण पुष्टि...