बाढीमा उद्धारका लागि पठाइएका मोटरबाेटको सफल परीक्षण
गोरखापत्र अनलाइन
श्रावण ८, २०७७ बिहीबार
बाढी र डुबानमा परेकाहरुको उद्धारका लागि विश्व खाद्य कार्यक्रमद्धारा गृह मन्त्रालय मार्फत बाँकेमा पठाईएका तीन वटा मोटरवोटको बिहीबार सफल परीक्षण गरिएको छ ।
राप्तीनदीमा बाढी आएको बेला सर्वसाधारणको उद्धार र राहातका लागि बाँकेका तीनवटै सुरक्षा निकायलाई एक÷एक वटा पर्ने गरि पठाईएको तीनवटै मोटरबोटको नेपालगञ्जस्थित वाटरपार्कमा परीक्षण गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका प्रमुख गौरी बुढाथोकीले बताउनुभयो...