पहिरोले पल्लोटारीका १८ घर पुरियो, पहिरोको जोखिमले गाउँ नै विस्थापित
गोरखापत्र अनलाइन ,
श्रावण ७, २०७७ बुधबार
अबिरल वर्षापछिको पहिरोले मस्र्याङदी गाउँपालिका ३ पल्लोटारीका १८ घर पुरिएका छन् । पहिरोमा परेर आठ जना घाइते भएका छन् ।
आइतबार, सोमबार र मंगलबार रातभर परेको पानीका कारण गाउँमाथिबाट पहिरो खसेर घर पुरिएको स्थानीयले बताएका छन् । मंगलबार विहान ८ बजेतिर पहिरो खस्दा चार घरमा पहिरो पसेकोमा बुधबार विहान १० बजेतिर गाउँमाथिबाट ठूलो पहिरो खस्दा घर पुरिएको मस्र्याङदी गाउँपालिका ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो...