logo
२०८१ फाल्गुन २२ बिहीवार



सिन्धुपाल्चोक बाढीका मृतक परिवारलाई एक लाख रुपियाँ राहत दिइने

प्रदेश |


सिन्धुपाल्चोक बाढीका मृतक परिवारलाई एक लाख रुपियाँ राहत दिइने


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २६ गते । बाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपियाँ राहत दिने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तत्काल प्रतिमृतक एक लाख रुपियाँका दरले राहत रकम घोषणा गरेको हो ।
त्यस्तै, पहिरो तथा बाढीले थप क्षति हुन नदिनका लागि भूसंरक्षणका कामहरु यथाशीघ्र थालिने, क्षतिग्रस्त अरनिको राजमार्ग सुचारु गर्न मर्मतसम्भारको काम अघि बढाइने पनि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?