logo
२०८१ फाल्गुन २२ बिहीवार



दुई मोटरसाईकल ठोक्किदा एकको मृत्यु, तीन घाइते

प्रदेश |


दुई मोटरसाईकल ठोक्किदा एकको मृत्यु, तीन घाइते



शिवशङ्कर मिश्र 
बारा, असार २० गते । दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते भएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–२३ सिसहनिया टोलमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा घटनास्थलमै एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
कलैयाबाट वीरगञ्ज जाँदैगरेको ना २० प १०२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ना ३१ प ७८३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ना १० प १०२४ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर–२ का २५ वर्षीय ऋतिक यादवको ज्यान गएको हो ।

घाइते हुनेहरूमा कलैया उपमहानगरपालिका–२ बस्ने वर्ष २५ का रामराज यादव, फेटा गाउँपालिका वडा नम्बर–१ बस्ने वर्ष २१ का कन्हैया साह र वर्ष २२ का विशाल साह घाइते भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उनीहरूको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।

लकडाउनको समय सडक खाली रहेकाले सानासाना सवारीका साधनहरू तीव्र रुपमा कुदाउने गरेकाले दिनहुँ यस्ता घटना भइरहेको ट्राफिक प्रहरी कलैया शाखाका प्रहरी नायब निरीक्षक सुरेशप्रसाद यादवले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?