logo
२०८१ बैशाख २४ सोमवार



प्रदेश १ मा थप ११ जनामा काेराेना सङ्क्रमण

प्रदेश |


प्रदेश १ मा थप ११ जनामा काेराेना सङ्क्रमण


नवराज कट्टेल
विराटनगर, असार १६ गते । प्रदेश १ मा मङ्गलबार थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । झापाको मेचीनगरमा एक र कनकाईमा चार जना, सङ्खुवासभाको सभापोखरीमा तीन जना, खोटाङको दिक्तेलमा एक जना र सुनसरीमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरूमध्ये सात जनाको कोशी अस्पतालको ल्याबमा, तीन जनाको प्रदेश प्रयाेगशाला र एक जनाको धरानस्थित बीपी अस्पतालकाे प्रयाेगशालामा परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाईंले जानकारी दिनुभयाे ।
योसँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ५७८ पुगेको छ । मङ्गलबासम्म डिस्चार्ज हुनेको सङ्ख्या ३९२ जना रहेका छन् । अस्पतालमा उपचार १८६ जना रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?