logo
२०८१ फाल्गुन २० मंगलवार



बाँकेमा थप २३ जना निको भए, ५९ जना मात्र निको हुन बाँकी

प्रदेश |


बाँकेमा थप २३ जना निको भए, ५९ जना मात्र निको हुन बाँकी
फाइल तस्बिर


सिराज खान
नेपालगञ्ज, असार ११ गते । अधिकांश कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि बाँके जिल्ला क्रमशः कोरोनामुक्त हुन थालेको छ । बिहीबार मात्रै २३ जना सङ्क्रमितहरू निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका कोराना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार निको भएर घर फर्किनेहरूमा राप्तीसोनारी गाउँपालिका-७ का १२ जना, कोहलपुरका चार जना, खजुराका पाँच जना र नेपालगञ्जका तीन जना रहेका छन् । यसअघि बुधबार पनि बाँकेका नाै जना निको भएर घर फर्किएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
बिहीबार २३ जना निको भएर घर फर्किएपछि अब ५९ जना मात्र जिल्लाका विभिन्न आइसोलेसनमा उपचार गराइरहेको उहाँको भनाइ छ ।
आगामी केही दिनभित्र जिल्लाका सबै सङ्क्रमितहरू निको हुने र त्यसपछि बाँकेलाई कोरोनामुक्त घोषणा गरेर थप सङ्क्रमितहरूको खोजी गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा ३५० जना सङ्क्रमित भएकोमा दुई जनाको मृत्यु भएको थियो भने २९१ जना निको भएर घर फर्किसकेका छन् । हाल क्वारेन्टाइनमा एक हजार एक सय जना मात्र रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?