logo
२०८१ मंसिर १३ बिहीवार



काभ्रे र नुवाकोटमा १६ जुवाडे पक्राउ

प्रदेश |


काभ्रे र नुवाकोटमा १६ जुवाडे पक्राउ
काभ्रेको बनेपामा नियन्त्रणमा लिएका जुवाडे


गोरखापत्र अनलाइन

काठमाडौँ, असार ७ गते । काभ्रेको बनेपा र नुवाकोटको विदुर नगरपालिकाबाट प्रहरीले १६ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ६ स्थित पाँचकुमारी पेट्रोल पम्प रहेको जनक तिमल्सिनाको घरमा हारजित हुने गरी पैसा रकमको बाजी थापी जुवा तास खेली खेलाई रहेको अवस्थामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैलाई कार्यालयको अपराध दर्ता किताबमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिन साथको म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । काभ्रेको बनेपाबाट पक्राउ पर्नेहरूमा जनक तिमल्सिना, विश्वराज तामाङ, रामेश्वर केसी, अनिल थापा, भोला राय र किरण रञ्जितकार रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले छ लाख ५४ हजार रुपियाँ नगदसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

त्यस्तै, नुवाकोटको विदुर नगरपालिकाबाट १० जना जुवाडे पक्राउ परेका छन् । विदुर नगरपालिका–२ स्थित सतनचुली होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगद एक लाख छ हजार ३५ रुपैयाँ र तीन बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विदुर नगरपालिका–२ बस्नेहरू सोही होटलका सञ्चालक २८ वर्षीय दिलबहादुर तामाङ, ५१ वर्षीय ठाकुर पुडासैनी, ३४ वर्षीय दीपक सिंखडा, ५१ वर्षीय पदम उप्रेती, ३५ वर्षीय दिपेन्द्र वली, ३७ वर्षीय बिष्णु न्यौपाने, ३३ वर्षीय बासु गजुरेल, ४० वर्षीय डम्मर श्रेष्ठ, ४८ वर्षीय नारायणजी राई र ३४ वर्षीय भीम खतिवडा रहेका छन् ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?