logo
२०८१ बैशाख १७ सोमवार



गण्डकीमा थपिए ४६ काेराेना सङ्क्रमित, कुल सङ्ख्या २९४

प्रदेश |


गण्डकीमा थपिए ४६ काेराेना सङ्क्रमित, कुल  सङ्ख्या २९४


चन्द्रप्रकाश शर्मा
पोखरा, असार ४ गते । गण्डकी प्रदेशमा बिहीबार ४६ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११, पवतमा पाँच र मनाङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या २९४ पुगेको हो ।

मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगङ्गा निवासी ५७ वर्षीय पुरुषबाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको जनाइएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार मनाङमा कार्यरत ती व्यक्ति केही समयअघि कपिलवस्तुस्थित घर पुगेर मनाङ फर्किएकाले परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएको थियो । गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार बिहीबार थपिएका नवलपरासीका १८ जनामध्ये मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, ११, २०, १७, ४०, ३० र ३९ वर्ष र एक उमेर नखुलेका पुरुष, गैँडाकोट नगरपालिकाका २८ वर्षीय पुरुष, तनहुँको ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७, २१ वर्षीय पुरुष, भानु नगरपालिकाका २२, ४२, ४०, ५२ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

यस्तै, गोरखाको पालुङ्टार नगरपालिकाका ४६, ४५, ४३, २८, २३ र ४१ वर्षीय पुरुष, ४० वर्षीय महिला र शहीद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षीय पुरुष, पर्वतको कुश्मा नगरपालिका ४२ वर्षका पुरुष, २० वर्षका महिला, मोदी गाउँपालिकाका ३० वर्षका पुरुष, फलेवास नगरपालिकाका ३० र ३७ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको क्वारेन्टाइनमा बसेकाहरूको स्वाब सङ्कलन भएपनि पोखरास्थित प्रयोगशालामा चापका कारण परीक्षण हुन नसकेपछि पर्वतबाट उक्त स्वाब भरतपुर पठाइएको थियो । पर्वतबाट भरतपुर पठाइएका स्वाबमध्ये पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले प्रतिवेदनमार्फत जानकारी गराएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका सबैलाई जिल्लाहरूमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी सुरु गरिएको छ ।

नयाँ सङ्क्रमित थपिएसँगै हालसम्म गण्डकी प्रदेशमा सबैभन्दा धेरै नयाँ सङ्क्रमण पुष्टि भएसँगै नवलपरासीमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै कोरोना सङ्क्रमित रहेका छन् । पछिल्लो विवरण अनुसार नवलपरासी पूर्वमा ८४, स्याङ्जामा ६४ जना, बागलुङमा ४१ जना, गोरखामा ३६ जना, पर्वतमा ३४ जना, तनहुँमा २३ जना, कास्कीमा सात जना, म्याग्दीमा तीन जना र लमजुङ र मनाङमा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण भएका २८९ जनामध्ये २२ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किसकेको र एक जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?