जुम्लामा १८ जना कोरोना जितेर घर फर्किए
गोरखापत्र अनलाइन ,
जेष्ठ २७, २०७७ मंगलवार
जुम्लामा कोरोना सङ्क्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसीयूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।
प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामीलगायत सरोकारवाला...