logo
२०८१ बैशाख २३ आईतवार

  सुदूरपश्चिम नाका अपडेट  



मङ्गलबार दुई हजार ९३० नेपाली भित्रिए, ५४२ भारतीय बाहिरिए

प्रदेश |


मङ्गलबार दुई हजार ९३० नेपाली भित्रिए, ५४२ भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की, जेठ २७ गते । मङ्गलबार सुदूपश्चिमका दुई मुख्य नाकाबाट दुई हजार ९३० नेपाली नागरिक नेपाल भित्रिएका छन् भने ५४२ भारतीय नागरिक बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब निरीक्षक अम्मर थापाका अनुसार मङ्गलबार गड्डाचौकी नाकाबाट ४२३ नेपाली नागरिक भित्रिएका छन् भने १८३ जना भारतीय नागरिक बाहिरिएका छन् । उक्त नाकाबाट प्रवेश गर्नेको संङ्ख्या घट्दैगएको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या सोमबारको तुलनामा केही घटेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक प्रतिक विष्टका अनुसार उक्त नाकाबाट मङ्गलबार दुई हजार ९३० नेपाली नागरिक भित्रिएका छन् भने ३५९ भारतीय नागरिक बाहिरिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब एक लाख तीन हजार हाराहारीमा नेपाली नागरिक नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या करिब १३ हजार पाँच सय पुगेको छ ।
नेपाल भित्रिएका उनीहरू विभिन्न जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् भने केही परीक्षणपछि घर गएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?