सप्तरीका हाट तथा बजारमा सामाजिक दूरी कायम भएन
गोरखापत्र अनलाइन
जेष्ठ २७, २०७७ मंगलवार
सप्तरी जिल्लाको विभिन्न स्थानीय तहहरूमा काेराेना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा राजविराज सहितका हाट, बजारहरू पूर्ण रुपमा खुल्न थालेका छन् । त्यहाँ क्रेता र बिक्रेताबिच सामाजिक दूरी कायम गर्नु अनिवार्य रहेपनि सामाजिक दूरी कायम भएकाे छैन ।
हाट, बजारहरूमा खाद्यान्न गायत अत्यावश्यक बाहेकका पसलहरू खुल्न थालेपछि लकडाउनले आजित बनेका सर्वसाधारणको चहलपहल ह्वात्तै बढेको हो । विगत तीन दिनयताको राजविराजसहित...