गण्डकीमा थप २४ मा सङ्क्रमण, कुल १४४ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ २७, २०७७ मंगलवार
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मङ्गलबार बिहान थपिएका २४ जनासँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४४ पुगेको जनाएको छ । पछिल्लो पटक गण्डकी प्रदेशको नवलपरासी पूर्वमा १२ जना, बाग्लुङमा १२ जना र म्याग्दीमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।