कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक
रासस
जेष्ठ १९, २०७७ सोमबार
कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ ।
प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर थापा दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील थापा क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।