पीसीआर नेगेटिभ आएका घर फिर्ता हुन थाले
रासस
जेष्ठ १९, २०७७ सोमबार
कोरोना सङ्क्रमणको आशङ्कामा पीसीआर परीक्षण गरेर नेगेटिभ आएका धमाधम घर फिर्ता हुन थालेका छन् । भारतमा रेल सञ्चालन भएसँगै स्याङ्जा आएकामध्ये पीसीआर नेगेपटिभ आएका १५८ जना घर फर्केका हुन् ।
यहाँका भिरकोटबाट ४६ जना, वालिङबाट ३६ जना, गल्याङ्बाट २५ जना, चापाकोटबाट २० जना, आधिखोलाबाट नौ जना, कालिगण्डकीबाट छ जना, अर्जुन चौपारीबाट छ जना, फेदिखोलाबाट दुई जना घर फिर्ता भएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानाकारी...