कोरोना पुष्टि भएका युवकको अवस्था गम्भीर, क्रिमसन अस्पताल सिल
गोरखापत्र अनलाइन ,
जेष्ठ ५, २०७७ सोमबार
जेठ १ गते क्रिमसन अस्पताल ल्याइएका उनलाई तत्कालै आइसियूमा राखेर उपचार सुरु गरिएको थियो । आफन्तले जन्डिसको बिरामी बताएको र ज्वरो पनि नआएकाले सुरुमा कोरोना आशङ्का नगरी अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईले बताउनुभयो । चिकित्सकहरूले भने एक्युट इन्सेफ्लाईटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुईदिन आईसियूमा राखेर उपचार गरेका थिए ।