छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गरिने
रासस
जेष्ठ ५, २०७७ सोमबार
कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र परी यस प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी) लगायत सुरक्षा निकायको प्रमुखहरुको टोलीले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई...