जयकृष्ण यादव
इनरुवा, वैशाख ६ गते । काठमाडाैंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारसँगै यात्रा गर्नेहरु मध्ये आठजना सुनसरीबासी रहेको फेला परेको छ ।
बेलायतबाट कतार एयरवेजको क्यु आर ६४४ फ्याईटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये आठजना सुनसरीका रहेको विवरण सुनसरी प्रहरीलाई आएपछि खोजी शुरु गरिएको छ ।
प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले कोरोना संक्रमित विरामीको ट्राभल हिस्ट्रीका आधारमा जिल्ला प्रहरी कार्यालय, इनरुवाले खोजेर फेला परेकालाई क्वारेन्टाइनमा राख्न थालेको बताउनुभयो ।
क्यु आर ६४४ फ्याईटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये इनरुवा, डुम्राहा, गौतमपुर, पश्चिम कुशाहा, रामगञ्ज वेलगछिया, सिगिया, धरान र इटहरी ठेगाना भएका सुनसरीका स्थानीयहरु रहेका छन् ।
प्रहरी उपरीक्षक पोखरेलले उनीहरुको विवरण हिजो साँझमा आएकाले सबैजनालाई ठेगानका आधारमा खोजी शुरु गरिएका, फेला परेका व्यक्तिलाई क्वारेन्टाईनमा राखिने र सुनसरी आएपछि कहाँ कहाँ गए, कसलाई भेटे सबै विवरण लिन शुरु गरिएको बताउनुभयो ।
बेलायतबाट आएको २८ दिनपछि संक्रमणको लक्षण देखिएका आमा र छोरामा कोरोना पेजेटिभ भेटिएपछि हाल काठमाडौंस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।