logo
२०८१ फाल्गुन १ बिहीवार



दमकको मस्जिदका ११ भारतीय सहित १४को -यापिड टेस्ट आजै रिर्पाेट आउने

प्रदेश |


दमकको मस्जिदका ११ भारतीय सहित १४को -यापिड टेस्ट आजै रिर्पाेट आउने


टीकाराम उप्रेती
झापा बैशाख ६ गते । भारतबाट आएर धार्मिक कार्यमा संम्लग्न रही झापाको दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको शनिबार आरडिटी परीक्षण गरिएको छ ।
दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार दमक ६ स्थित जामे मस्जिदमा बसेका ११ जना भारतीय नागरिकको शनिबार स्वास्थ्य परीक्षण गरिएको हो । यो मस्जिदमा उनीहरुसँगै बस्ने अन्य तीन जना नेपाली समेतको परीक्षण गरिएको छ । भारतको उत्तर प्रदेश मेरथ जिल्ला घर भएका उनीहरु डिसेम्बर ३० तारिकमा नेपालगञ्जको रुपडिया नाकाबाट नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितले जानकारी दिनुभयो ।
उनीहरु भारतबाट गत फगुन ३ देखि ५ गतेसम्म यहाँ भएको नेपाल इज्तिमा सहभागि हुन नेपाल आएका थिए । त्याहाको सम्मलेन सकेपछि केही भारतीयहरु नेपाल भित्रका बिभिन्न मस्जिदमा समुहगत रुपमा बसेर धार्मिक गतिबिधि गर्दै आएका थिए । यसै शिलशिलामा दमकको जामे मस्जिदमा समेत ११ जनाको समुह बस्दै आएको जामे मस्जिदका अध्यक्ष महमद बसिरले जानकारी दिनुभयो । उनीहरु नेपालको लक डाउन सुरु हुने भन्दा तीन दीन अघिमात्र दमक आइपुगेको जनाइएको छ ।
उदयपुरमा भारतबाट आएका १२ जनामा कोरोना भइरस संक्रमण देखा परेपछि दमकका मस्जिदमा समेत स्वास्थ्य परीक्षणका साथै कडा निगरानी बढाइएको थियो । शनिबार मस्जिदमा नै स्वास्थ्य टोली पुगेर परीक्षण गरेको थियो । यहाँ रहेका मध्येबाट एक जनाको भने स्वाब समेत परीक्षण शनिबार नै गरिने भएको छ । स्वाब सुनसरीको धरान घोपा क्यामका पठाइने जनाइएको छ । उनीहरुलाई हाल कडा निगरानीका साथ मस्जिद भित्र नै राखिएको छ । परीक्षणको नतिजा शनिबार नै अपरान्ह्रसम्ममा आउने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?