टेबल टेनिसको ‘माइ जेन्डर माइ स्ट्रेन्थ’ विशेष प्रशिक्षण
गोरखापत्र अनलाइन
कार्तिक ९, २०७८ मंगलवार
खेल खालि खेल मात्र हुन्न, यो त सामाजिक जनचेतनाको माध्यम पनि हो । अहिले काठमाडौंको लैनचोरको टेबल टेनिस प्रशिक्षण केन्द्र र विराटनगरको टेबल टेनिस हलमा केही किशोरीहरू टेबल टेनिसको विशेष प्रशिक्षणमा छन् । यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुने छैन्, तिनलाई लैगिक जनचेतना पनि दिइनेछ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिनेछ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्ट्रेन्थ’...