नोभाक जोकोभिचद्वारा डेनिल मेडभेडेभ ४–६, ६–३, ६–३ ले पराजित
गोरखापत्र अनलाइन
कार्तिक २२, २०७८ सोमबार
सात वर्ष लगातार विश्व वरीयताको नम्बर एक स्थानमा रहेर अन्त्य गरेको भोलिपल्टै नोभाक जोकोभिचले दोस्रो वरीयताका डेनिल मेडभेडेभलाई ४–६, ६–३, ६–३ ले हराएर पेरिस मास्टर्सको उपाधि जित्नुभएको छ । जोकोभिचको यो कीर्तिमान ३७ औँ मास्टर्स उपाधि हो । उहाँले राफेल नाडालभन्दा एक बढी मास्टर्स उपाधि हात पारेर कीर्तिमान राख्नुभएको हो । पेरिस मास्टर्समा पनि जोकोभिचले छ पटक च्याम्पिन बनेर कीर्तिमान बनाउनुभयो ।