logo
२०८१ बैशाख १६ आईतवार



कर्णाली र सुदुरपश्चिमका २७ गाउँपालिकाको वास प्लान बनाइने

खुला |


कर्णाली र सुदुरपश्चिमका २७ गाउँपालिकाको वास प्लान बनाइने


शान्ति लामा
काठमाडौँ, पुस ३ गते । कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खानेपानी र सरसफाइ गुरुयोजना (वास प्लान) बन्ने भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच दुवै प्रदेशका गरी १० वटा जिल्लाका गाउँपालिकाहरुका खानेपानी र सरसफाइसम्बन्धी तथ्याङ्क सङ्कलन गरी सरसफाइ गुरुयोजना बनाउने विषयमा शुक्रबार समझदारी भएको छ ।
खानेपानी विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभागबीच दुवै प्रदेशका गरी २७ वटा गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाइको दीगो व्यवस्थापन गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन गर्ने समझदारी भएको छ ।
स्थानीय पूर्वाधार विभागको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत दुवै प्रदेशका अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला र कैलालीका २७ वटा गाउँपालिकाहरुको खानेपानी तथा सरसफाइसम्बन्धी तथ्याङ्क संकलन गर्ने सम्बन्धमा दुवै विभागबीच समझदारी भएको हो ।
खानेपानी विभागका महानिर्देशक मीना श्रेष्ठ र स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वर मरहट्टाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
विभागका महानिर्देशक मरहट्ठाले एनवास एपमार्फत सबै स्थानीय तहहरुको तथ्याङ्क सङ्कलन गरी योजना बनाउने उद्देश्यले अघि सारिएको यस किसिमको कार्यक्रम ज्यादै महत्वपूर्ण हुने बताउनुभयो । खानेपानी विभागले खानेपानी र सरसफाइसम्बन्धी एकीकृत सूचना उपलब्ध गराउनका लागि एनवास नामक एप विकास गरेको छ ।
कार्यक्रममा खानेपानी विभागका महानिर्देशक श्रेष्ठले ७५३ वटै स्थानीय तहहरुको वास प्लान बनाउने उद्देश्य रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?