भान्सामा दैनिक प्रयोग हुने मसलाले प्रतिरोधी क्षमता बढाउँछ
यलु जोशी
जेष्ठ ३०, २०७७ शुक्रबार
कोरोना भाइरस (कोभिड १९)सँग खानाको माध्यमबाटै लड्नसक्ने पोषण विद्हरूको धारणा छ ।
पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधान भन्नुहुन्छ, ‘अहिले कोरोनाले विश्व नै त्रसित भएको अवस्था छ । यस्ता महामारीसँग लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु विकल्प छैन ।’
उहाँले हाम्रो भान्छामा नियमित प्रयोग हुने जीरा, मरिच, बेसार, धनियाँ, दालचिनी, ल्वाङ, तुलसी, पिपला, अदुवा, लसुन, कागती,...