जाडोमा न्यानो मात्र होइन फेसन पनि
यलु जोशी
पुष २०, २०७६ आईतवार
एक समय थियो, जुन बेला जाडो मौसममा शरीरलाई न्यानो पार्न जस्तोसुकै लुगा पनि लगाइन्थ्यो । तर अहिले भने मानिसको रोजाइ, सोचाइ, चाहना र समयमा परिवर्तन आएको छ । विशेषगरी युवापुस्तालाई जाडोमा न्यानो कपडा भएर मात्र पुग्दैन । हेर्दा सुन्दर र आकर्षक देखिन पनि उनीहरूको प्राथमिकतामा पर्ने गर्छ । चिसोबाट जोगिनुका साथै साथीभाइमाझ होस् वा कार्यालयमा आफूलाई स्टाइलिस लुक दिन युवापुस्ता चासोको विषय नै हुन्छ । जाडोमा पनि फेसनेबल भएर...